एमालेको शक्ति : देवदह खानेपानीमा दलीय गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार विजयी

काठमाडौं । मिनी स्थानीय तहको चुनावको रुपमा हेरिएकोरुपन्देहीको देवदह खानेपानी तथा सरसफाइ संस्थाको अधिवेशनमा ६ दलीय गठबन्धनलाई फराकिलो मत अन्तरले हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
४ हजार ३ सय मतदाता रहेको खानेपानीको अधिवेशनमा एमालेविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीले गठबन्धन गरेका थिए । चुनावबाट अध्यक्षसहित पदाधिकारीमा एमाले उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई क्लीन स्वीप गरेका छन् ।

शनिबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार ३ हजार १०१ मत खसेको चुनावमा एमालेका अध्यक्षका उम्मेदवार गुमानसिंह कुँवरले १७ सय ८ मत प्राप्त गर्दै विजयी भएका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका माओवादी केन्द्रका मोतिलाल ढकालले १२ सय ६७ मत पाए । नवनिर्वाचित अध्यक्ष कुँवर खानेपानी संस्थाका हालका अध्यक्ष हुन् भने पराजित ढकाल यसअघिको अधिवेशनमा पनि कुँवरसँगै पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *