स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौँ – आज मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने बताइएको छ।

प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मन्त्रिपरिषदको बैठकले आयोगले तोकेको मितिबारे टुंगो लगाउने आश्वासन दिएका थिए । मंगलबार प्रधानमन्त्री देउवासँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले जेठ चार गते स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *