जेठ ५ अघि नै स्थानीय निर्वाचन सम्पन्न हुनुपर्दछ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । ऐन संशोधन गरेर स्थानीय तहको निर्वाचन ६ महिना धकेल्ने पक्षमा रहेको सत्तारूढ गठबन्धनमा शनिबार आउँदो जेठ महिनाभित्र निर्वाचन गर्ने सहमति जुट्यो ।
निर्वाचन आयोगको परामर्शमा मिति तोकिने भनिए पनि परामर्शका लागि हालसम्म जानकारी गराइएको छैन । परामर्शका लागि आफूहरू तयार नै रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनु भयो ।

सत्ता गठबन्धनले ऐन संशोधन गरेर जेठमा निर्वाचन गर्ने बताइए पनि जेठ ५ गतेअघि नै निर्वाचन गर्नुपर्नेमा आयोग प्रष्ट रहेको उहाँले बताउनु भयो । “हाम्रो कुरा त क्लियर नै छ नि ! जेठ ५ गते म्याद सकिन्छ । त्यसअघि निर्वाचन हुनुपर्छ । शपथग्रहणलगायत कामका लागि समय चाहिन्छ भनेका हौँ,” उहाँले भन्नुभयो ।
जेठ ५ अघि नै निर्वाचन गर्न पर्याप्त समय भएकाले आयोग त्यसका लागि तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *