चितवन २ बाट रवि लामिछाने भारी मतको साथ विजयी

काठमाडौं ! चितवन २ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।

कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेलाई पाँच गुणा बढी मतान्तरले पराजित गर्दै लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका छन् । कांग्रेसका श्रेष्ठले भने ११ हजार २१४ मत प्राप्त गरे । रास्वपाका लामिछाने र कांग्रेसका श्रेष्ठबीचको मतान्तर ४२ हजार ९६२ छ ।

तेस्रो भएका एमालेका न्यौपानेले १० हजार ९३६ मत पाएका छन् । १० वैशाखमा भएको उपनिर्वाचनमा चितवन २ मा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *