विश्वविद्यालयमा विद्यार्थीको देखिदैछ विकर्षण,यस्तो छ कारण

काठमाडौँ । विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्। विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ।

काठमाडौँ विश्वविद्यालयमा कुल विद्यार्थी भर्ना क्षमताको ३० प्रतिशत कोटा रिक्त छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले विद्यार्थीको आकर्षण बढाउन अनेक अभियान सञ्चालन गरिरहे पनि सफल नभएको बताउनुभयो। काठमाडौँ विश्वविद्यालयमा सबैभन्दा धेरै विद्यार्थी कोटा स्कुल अफ आर्ट्स र स्कुल अफ मेडिसिनमा रिक्त छ। विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र एमफिल तथा पीएचडीसमेत गरेर दुई सयवटा कार्यक्रम सञ्चालन गरिरहेको छ।

स्कुल अफ मेडिसिनअन्तर्गतको बीएनएस (केएमसी)मा कुल विद्यार्थी भर्ना कोटा ४० रहेकोमा नौ जना मात्रै भर्ना भएका छन्। त्यस्तै बीएस्सी नर्सिङ (एनएमसी)मा ४० जना विद्यार्थी भर्ना कोटा रहेकोमा १५ जना मात्रै भर्ना भएका छन्। स्कुल अफ नर्सिङअन्तर्गत ३७ वटा कार्यक्रम सञ्चालनमा छन्। तीमध्ये १८ वटा कार्यक्रममा मात्रै कोटाअनुसार विद्यार्थी भर्ना भएका छन्। त्यस्तै स्कुल अफ आटर्सअन्तर्गत १२ वटा शैक्षिक कार्यक्रम सञ्चालन रहेकोमा कुनैमा पनि कोटाअनुसार विद्यार्थी भर्ना भएका छैनन्। याे खबर गाेरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *