स्याङ्जामा एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन

काठमाडौं ! स्याङजाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत छन्।

तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका धनबहादुर हमालले बताए ।

“तीन कक्षासम्म पढाइ हुन्छ, शिक्षक दरबन्दी तीन जनाको छ, तर एक वर्षदेखि मैले मात्र पढाउनु परिरहेको छ”, उनले भने, “दरबन्दी काटिएको पनि छैन, अरु शिक्षक हाजिर हुन आएका छैनन् ।”

पठाउन पनि कम्तीमा एक घण्टा लाग्छ । वालिङ नगरपालिका–१४ को अर्को विद्यालयमा समायोजन गर्दा पायक नमिल्ने समस्या छ ।

वालिङ–१४ कै हुल्काङ वा भीरकोट नगरपालिका–९ को पिपलडाँडा माध्यमिक विद्यालयमा बालबालिका पठाउनुपर्ने हुन्छ । उक्त विद्यालयमा बालबालिकालाई जान एक घण्टा लाग्छ । सौरीखाल्टा माईस्थान आधारभूत विद्यालय आव २०६६÷६७ सम्म १–५ कक्षा सञ्चालनमा रहेको थियो । १–५ कक्षा कटौती गरी हाल १–३ कक्षामात्रै सञ्चालनमा रहेको छ ।

वालिङ नगरपालिकाले उक्त विद्यालयमा अर्को कुनै शिक्षक हालसम्म नपठाएको शिक्षा अधिकृत गीता पाठकले बताइन् । नगरपालिकाले दरबन्दी मिलान सम्बन्धी कार्यविधि बनाउने काम अगाडि बढाएकाले अब छिट्टै समस्याको समाधान हुने उनले बताइन् । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *