आज कक्षा १२ को परिक्षाफल प्रकाशित हुँदै

काठमाडौं ! राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । बोर्डले १२ कक्षाको परीक्षाको नतिजा आज मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो ।

नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको एक सदस्यले जानकारी दिए ।  गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *