बदनाम बन्दै मुलुककै जेठो विश्वविद्यालय

काठमाडौं । देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ ।

प्रधानमन्त्री कुलपति रहने त्रिविमा पछिल्लो दिन गम्भीर प्रकारका गल्ती दोहोरिनेक्रम बढेका छन् । प्रश्नपत्र गत वर्षको हुबहु हुने, परीक्षाफल समयमै प्रकाशन नहुने, ढिलासुस्ती तथा अनियमिततालगायत कारण जेठो विश्वविद्यालयको प्रतिष्ठा र विश्वासमाथि प्रश्न उठ्न थालेको छ ।

त्रिविले गत १८ जेठमा लिएको मानविकी संकाय स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत पब्लिक इकोनोमिक्स र २३ जेठमा स्नातकोत्तर तहको राजनीतिशास्त्र पहिलो सेमेस्टारको इन्टरनेसनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मिलेको थियो । ६० पूर्णांकको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको हुबहु मिलेको हो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *