शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती : जम्मा ३० दिनमात्र बिदा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको छ ।
सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

‘सम्बन्धित निकायले हप्ताको दुई दिन विदा गर्दा पाठ्यघण्टा घट्न नदिन ५ दिन १० देखि ४ बजेसम्म र हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म विदा दिन सक्नेछन्’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *