यसपालीको नयाँ शैक्षिकसत्र जेठबाट

काठमाडौंः सरकारले २०७९ सालको शैक्षिक सत्रको पठनपाठन जेठ १ बाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठनपाठन जेठ १ बाट सुरु गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जेठ १ बाट पठनपाठन अघि बढाउने निर्णय भएको बताए । उनले अन्नपूर्णसंग भने, ‘चैतमा पठनपाठन पूरा गर्ने, वैशाखभित्र परीक्षा, विद्यार्थी  भर्ना गरिसक्ने र जेठबाट पठनपाठन सुरु हुने भएको छ ।’
एसईईको परीक्षा वैशाख ९ देखि सुरु हुँदैछ । एसईई सकिएपछि नयाँ सत्र सुरु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *