काठमाडौँ । चिकित्सा शिक्षा आयोगको १९औँ बैठक आज बस्दैछ। बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बिहान ११ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो। चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन भइरहेको छ । सोही विषयलाई आन्दोलनरत चिकित्सकका मागबारे आयोगको बैठकमा छलफल हुने जनाइएको छ ।
नेपाल चिकित्सक संघ तथा विद्यार्थी पक्षले निजीमा पीजी अध्ययन् गर्ने विद्यार्थीलाई सरकारी सरह ४८ हजार ७३७ रुपेयाँ निर्वाह भत्ता दिने गरी भएको १८ औँ बैठकको निर्णय तत्काल कार्यान्वयन हुनु पर्ने बताउँदै आएका छन्।
शुक्रबारदेखि आन्दोलन सशक्त बनाउँदै आवासीय चिकित्सकले देशव्यापी रूपमा सेवा बहिष्कार गरेका छन्।