जाजरकोट केन्द्रबिन्दु भएर फेरि ५.८ म्याग्निच्यूडको भूकम्प, कैलाली हुँदै काठमाडौंदेखि दिल्लीसम्म महसुस

काठमाडौं– जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको मापन भएको छ।

उक्त भूकम्पको धक्का सुदूरपश्चिमका जिल्ला कैलाली,कंचनपुर देखि काठमाडौंसम्म र भारतको दिल्लीसम्म महसुस भएको थियो। भारतीय समाचार एजेन्सी एनआईले दिल्लीमा भूकम्पको धक्का महसुस भएको उल्लेख गरेको छ।