धादिङ केन्द्रविन्दु बनाएर काठमाडौं आसपासमा भुकम्पको धक्का

काठमाडौँ । काठमाडौँमा भूकम्पको झट्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाडौँसहित विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दु धादिङ हो भने तिव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।