सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४‍‍.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा सोमबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ :०७ बजेमा सिन्धुपाल्चोक हेलम्बु-इचोकको आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प गएलगत्तै स्थानीय बाहिर निस्किएका थिए । आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएकाे थियाे । धक्का काठमाडाैंमा समेत महसुस गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *