निहारिकाको बच्चा र आरोपी श्रेष्ठको डीएनए टेस्टका लागि नमूना संकलन

काठमाडौं । निहारिका राजपुतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए टेस्टको लागि नमूना संकलन गरिएको छ । खुमलटारस्थिति विधिविज्ञान प्रयोगशालामा हिजो आइतबार एकैपटक (बच्चा र आरोपी श्रेष्ठ) दुवैजनाको नमूना लिइएको हो ।

कुमारी आमा निहारिकाले लामो समयदेखि आफ्नो बच्चा र आरोपीको डीएनए म्याचिङ गराउनुपर्ने माग राख्दै विभिन्न संघर्ष गर्दै आएकी थिइन् । केही दिनअगाडि मात्रै निहारिका पाजपुतको माग बमोजिम जनकपुर उच्च अदालतले डीएनए परीक्षणका लागि आदेश दिएको थियो ।

त्यसपछि आइतबार (आज) डीएनए टेस्टका लागि निहारिका आफ्नो बच्चा लिएर खुमलटारस्थित विधिविज्ञान प्रयोगशाला पुगेकी थिइन् । प्रहरीले आरोपी शिवराजलाई पनि उपस्थित गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *