आज ३१ औँ मदन-जीवराज स्मृति दिवस मनाइँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको  स्मरण गर्दै आज मनाइँदैछ ।  एमाले र नेकपा (एकीकृत समाजवादी) ले विविध कार्यक्रम आयोजना गर्दैछन् ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उहाहरुको निधन भएको थियो । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ । रासस