दुर्गम जिल्लाहरुमा चामल ढुवानी गरिँदै

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष एक लाख ८० हजार क्विन्टल चामल ढुवानी गर्ने भएको छ ।

खाद्य कम्पनीले २४ दुर्गम जिल्लामा सुपथ मूल्यमा चामल उपलब्ध गराउन सो चामल ढुवानी गर्न लागेको हो । चामल ढुवानीका लागि ४७ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

सरकारले प्रत्येक वर्ष बजेटमा दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्न रकम छुट्याउने गरेको छ । सरकारले दुर्गम जिल्लामा खाद्यान्न ढुवानीमा अनुदान दिने गर्छ ।

कम्पनीले स्थल र हवाई मार्गबाट ती जिल्लामा खाद्यान्न ढुवानी गर्छ । कम्पनीका बिक्री प्रमुख भीम थापाले विभिन्न जिल्लामा सडक र हवाई मार्गबाट चामल पठाउने काम भइरहेको जानकारी दिनुभयो । जिल्लाको मागका आधारमा थप परिणाममा चामल ढुवानी गरिने उहाँले जानकारी दिनुभयो ।

खाद्य कम्पनीले गत आर्थिक वर्ष तीन लाख आठ हजार क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य राखेकोमा दुई लाख ५४ हजार ६२९ क्विन्टल चामल ढुवानी गरेको थियो । आव २०७८/७९ को बजेटमा चामल ढुवानीका लागि ४६ करोड रुपियाँ विनियोजन गरिएको थियो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *