गौशालास्थित धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने

काठमाडौं । गौशाला चाेकमा रहेकाे पशुपितगाैशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने भएको छ।

पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत संरचना बनेकोले हटाउन समय दिएको हो। कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन आग्रह गरेको हो।

३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए नियमअनुसार कारबाही काेषले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *