कृषिप्रधान देश नेपालमा सिजनमै ५ अर्बको धान आयात

वीरगन्ज । धानको सिजनमा नै कृषिप्रधान देशको एउटा भन्सार नाका हुँदै ५ अर्बको धान आयात भयोभन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, यो वास्तविकताले हाम्रा नेता तथा शासकलाई जिस्काइरहेको छ ।

सानो भूगोल भएर पनि प्रकृतिले अन्न उत्पादनको भण्डार सुम्पिएको मुलुक नेपालमा गएको २ महिना ९१५ कात्तिकदेखि १५ पुससम्म०को अवधिमा त्यति धेरै मूल्यको धान आयात भएको हो । यस्तो वास्तविकता भए पनि यसले शासकलाई बिझाउने गरेको छैन । यो उनीहरूको गैरजिम्मेवारपनको नमुना हो ।

४ दशक पहिले अन्न निर्यात गर्ने कृषिप्रधान देशका किसानले अहिले भकारीमा धान भित्र्याउने समयमा व्यापारीले पो विदेशबाट गोदाममा धान चामल भित्रुयाइरहेको दुखद दृश्य देख्ने गरिन्छ । मुलुकको प्रतिष्ठामा आँच पुग्नेगरी धानको सिजनमा नै ४ अर्ब ९७ करोड ११ लाख २९ हजारको धान मुलुकको प्रमुख भन्सार नाकाबाट मात्र भित्रिएको तथ्यांकले पुष्टि गरेको छ ।

यो सब देश हाँक्ने अदूरदर्शी नेतृत्वको कमजोरीका कारण भएको स्थानीयको आरोप छ । किसानको भकारीमा भन्दा पनि व्यापारीको गोदाममा सिजनमा नै ५ अर्ब जतिको धान आयात हुनु विडम्बना भएको स्थानीय शैलज अधिकारीले बताए । ‘मुलुक हाँक्ने व्यक्तिलाई लाज भइदिने हो भने कृषिप्रधान देशको यो अवस्था हुने थिएन,’ उनले भने ।

यो खबर आजको राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *