राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरे

काठमाडौं ! राजस्व अनुसन्धान विभागको महानिर्देशक परिवर्तन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागमा सरकार परिवर्तन भएसँगै महानिर्देशक पनि परिवर्तन हुने गर्दछ ।समाचार स्रोतका अनुसार  राजस्व अनुसन्धान विभागको  महानिर्देशकको जिम्वेवारी चण्डीप्रसाद घिमिरेले पाएका छन् ।

यसअघि महानिर्देशकमा चक्रबहादुर बुढा थिए । यसैगरी, सम्पत्ति शुद्धीकरण विभागको महानिर्देकको जिम्मेवारी सुमन दाहालले पाएका छन् ।यसअघि विभागको महानिर्देशकमा कमल भट्टराई थिए ।