गुजरात भाइब्रेन्ट समिट स्थगित : प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिन सक्ने

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कार्यक्रम स्थगित भएको छ । जनवरी १० र ११ तारिख(पुस २६ र २७गते)गुजरातको गान्धीनगरमा उक्त कार्यक्रम हुँदै थियो ।

सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति वा प्रधानमन्त्री साथै १५ जना विदेश मन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरु आउने सुनिश्चित भइसकेको थियो। गुजरात सरकारले कोभिडको बढ्दो संक्रमणलाई जनाउँदै कार्यक्रम स्थगित गरेको जनाएको छ।

भारतमा एक दिनमै ९१ हजार कोभिड संक्रमित भेटिएका छन्। गुजरातमा पनि संक्रमितहरुको संख्या बढेपछि कार्यक्रमलाई स्थगन गरिएको हो।

कार्यक्रम स्थगनको सूचना आफूहरुले पनि जानकारी पाएको दिल्लीस्थित दूतावासका एक जना अधिकारीले कान्तिपुरलाई बताए। तर, औपचारिक कुनै जानकारी नआएको उनले उल्लेख गरे। ‘जुन कार्यक्रममा प्रधानमन्त्रीज्यू आउन लाग्नु भएको थियो, त्यो नै स्थगित भएपछि स्वत: उहाँको भ्रमण पनि रद्द हुनेछ,’ उनले भने। यद्यपि नेपाल वा भारत सरकारले अहिलेसम्म औपचारिक रूपमा देउवाको भारत भ्रमणबारे केही पनि जानकारी दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *