मापदण्ड पालना गरेर ल्होसार मनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तमु ल्होसार पर्व हर्षोल्लाषपूर्वक मनाउन आग्रह गर्नुभएको छ । तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकोतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले गुरुङ समुदायले मनाउने ल्होसार एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख गर्नुभएको छ । सदभाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार रहेको प्रधानमन्त्रीले बताउनुभएको छ । तमु ल्होसारले पारस्परिक सदभाव र सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भनी कामना पनि गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *