प्रधानमन्त्रीसंगै देउवालाई थप दुई मन्त्रालयको जिम्मेवारी

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले थप एक मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । यसअघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आउनु भएका प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नु भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रालयको समेत जिम्मेवारी तोक्नु भएको छ । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएसँगै राष्ट्रपतिले अर्को व्यवस्था नहुँदासम्म देउवालाई जिम्मेवारी तोक्नु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *