पौडेल निवासमा देउवाको ४५ मिनेट : देउवाले भन्नुभयो – मलाई सहयोग गर्नुहोस्

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले भेटेर सहयोग माग्नु भएको छ। शनिबार सभापतिको उम्मेदवारी दर्ता गरेपछि राति सवा ९ बजे बोहोराटारस्थित पौडेल निवास पुगेका देउवाले महाधिवेशनमा आफूलाई सहयोग गर्न नेता पौडेललाई आग्रह गर्नुभएको हो।

‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो। ४५ मिनेटजति भेट भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भन्नुभयो, ‘राष्ट्रलाई तपाइँको अझै खाँचो छ। स्वास्थ्यको ख्याल गर्नुहोला र महाधिवेशनमा मलाई सहयोग गर्नुहोस्।’
उहाका अनुसार नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्यको बारेमा छलफल गर्दै देउवाले परिवारिक कुराकानीसमेत गर्नुभएको थियो। शनिबार १४औँ महाधिवेशनमा सभापतिको दौडबाट बाहिरिएको विज्ञप्ति जारी गरेर जानकारी दिएका नेता पौडेलले राष्ट्रिय राजनीतिमा भने रहिरहने बताउनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *