महाधिवेशन उद्घाटनसत्रमा पौडेललाई देउवाको व्यङ्ग्य : चिसोका कारण रामचन्द्रजीले बोल्न पनि सक्नु भएन

काठमाडौं !काँग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई महाधिवेशन उद्घाटन कार्यक्रममा व्यङ्ग्य गर्नुभएको छ ।

भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै सुरुमै उहाले रात परेको र चिसो पनि बढेको बताउनुभयो । त्यसपछि उहाले चिसोकै प्रसंग जोडेर पौडेललाई लामो बोलेको भन्दै व्यङ्ग्य गर्नुभयो। ‘साँझ धेरै ढल्किसक्यो । चिसो पनि बढेको छ । रामचन्द्रजीले चिसोकै कारणले बोल्न पनि सक्नुभएन । विचरालाई के गर्ने !’ चिसोका कारण आफूले धेरै समय नलिने पनि बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *