देउवा पक्षले १३ पदाधिकारीको नाम सार्वजनिक गर्दै, यस्तो छ बालुवाटारबाट प्रचार गरेको सूची

काठमाडौँ– आज नेपाली कांग्रेस संस्थापन पक्षले आज केन्द्रीय पदाधिकारीको उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने भएको छ ।
आफ्नो समूहको बैठकमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका देउवा बुढानिलकण्ठ पुगिसकेका छन् । केही समयभित्रै बैठक सुरु हुने र पदाधिकारीको प्यानल नै सार्वजनिक गर्ने तयारीसमेत भएको कांग्रेसका एक नेताले जानकारी दिए । देउवाले पार्टीको आन्तरिक निर्वाचनमा आफ्नो पक्ष बलियो भएको भन्दै फेरि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।

संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ । तर, त्यो सूची पदाधिकारीमा पार्न लबिइङका लागि हुनसक्ने अनुमान गरिएको छ । बालुवाटारको एउटा पक्षले त्यस्तो सूची अहिले सर्वेक्षणका लागि व्यापक रूपमा प्रचार गरिरहेको छ । जुन यस्तो छ –
सभापति : शेरबहादुर देउवा
उपसभापति : पूर्णबहादुर खड्का
उपसभापति : डा . प्रकाशशरण महत
महामन्त्री : बालकृष्ण खाँण
महामन्त्री : विश्वप्रकाश शर्मा
सहमहामन्त्री : गोविन्द भट्टराई
सहमहामन्त्री : भिष्मराज आङ्देम्वे
सहमहामन्त्री : मीन विश्वकर्मा
सहमहामन्त्री : महालक्ष्मी उपाध्याय
सहमहामन्त्री : फरमुल्लाह मन्सुर
सहमहामन्त्री : रामजनम चौधरी
सहमहामन्त्री : जीतेन्द्र देव
सहमहामन्त्री : जीवनबहादुर शाही
(न्यूजकारखानाबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *