प्रधानमन्त्री देउवाद्वारा सुदूरपश्चिम महोत्सवको उद्घाटन

काठमाडौं ! प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन्। देउवाले बिहीबार कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गरिरहेको महोत्सवको उद्घाटन गरेका हुन्।

 

 

यस्तै महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाइएको छ। १५ बुँदे मागसहित देउवालाई १५ किलोको माला लगाइएको कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ।

२१ बुँदे मागबाट सुरु भएको महोत्सवमा यस वर्ष भने प्रमुख अतिथि देउवालाई १५ किलोको माला लगाइएको हो। २१ बुँदाबाट केही माग पुरा भईसकेकाले मालाको तौल घटाइएको बताइएको छ।

जसमा प्रदेशको गौरीफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हब लगायतका मागहरु रहेका छन्। वर्सेनी सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गर्ने गर्दछ। यसपालि महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *