प्रधानमन्त्री देउवा र सिके राउतबिच भेटवार्ता : सरकारमा सहभागिताबारे छलफल

काठमाडौं : राष्ट्रिय जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।

कांग्रेस नेता विमलेन्द्र निधिले राउतलाई बिहीबार अपरान्ह  बालुवाटार लगेर प्रधानमन्त्री देउवासँग भेट गराएका हुन्।

‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कँदैछु। दुबै जनामा सकरात्मक र परिणाममुलक वार्ता भएको छ।

कांग्रेस नेता निधिले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘गठबन्धन र काँग्रेससँग संघीय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।’

राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ एक सिट जितेको छ भने समानुपातिक तर्फ थ्रेस होल्ड कटाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *