प्रधानमन्त्री देउवा बेलायत जाँदै

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औं सम्मेलनको वल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने हुनुभएको छ ।

भ्रमणका क्रममा देउवा अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *