राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा सहित काङ्ग्रेस पदाधिकारी शीतल निवास जाँदै

काठमाडौ ! राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि कांग्रेस नेताहरू शीतल निवास जाँदै हुनुहुन्छ । नागरिकता विधेयक फिर्तापछि बालुवाटार र शीतल निवासबीच टकराव भइरहेका बेला आफ्ना पार्टीका पदाधिकारीसहित प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास जान लाग्नुभएको हो ।

प्रधानमन्त्रीसहित कांग्रेस पदाधिकारीहरू शीतल निवास आउन लागेको राष्ट्रपतिका प्रेस संयोजक टीक ढकालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पार्टी महामन्त्री गगन थापा २ बजे शीतल निवास पुग्दै हुनुहुन्छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *