प्रधानमन्त्री देउवाले बोलाउनु भयो सर्वदलीय बैठक

काठमाडौं ! संसदमा जारी अवरोध हटाउने प्रयासस्वरूप प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बिहीबार बिहान १० बजेका लागि बोलाइएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपाका शीर्ष नेतालाई आमन्त्रण गरिएको बालुवाटारले जनाएको छ ।
सभामुखको असंसदीय भुमिकाको कारण एमालेले संसद्को चालु अधिवेशनमा अवरोध गर्दै आएको छ । एमालेले सभामुखको भूमिकाको विषयमा गम्भीर प्रश्न उठाएको छ । यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *