प्रधानमन्त्री देउवाद्रारा मन्त्रीपरिषद बैठक आह्वान

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार मन्त्रिपरिषदको आह्वान गरेका छन्। उनले मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषदको बैठक आह्वान गरेका हुन्।

यसअघि सोमवार मन्त्रिपरिषदको नियमित बस्दै आएको थियो। तर, सरकारमा सहभागी दल जनता समाजवादी पार्टीले सोमवार मन्त्रीहरू हेरफेर गरेकाले मंगलवार बैठक बोलाइएको बताइएको छ। जसपाले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *