मुलुकलाई समृद्ध बनाउने अभियानमा छु : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको बताउनु भएको छ । यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उहाँको जिकिर छ।

६४ औं संसद दिवसको अवसरमा आज संसद भवनको ल्होत्से हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो ।’

२०१६ साल असार १६ गते पहिलो संसद बैठक बसेको र अहिले ६४ औं दिवस मनाउन पाउनु खुसीको विषय भएको उहाँले बताउनु भयो । उहाँले जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको ठोकुवा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *