धनगढीका लागि उडेको प्रधानमन्त्री देउवा सवार हेलिकप्टरमा इन्धन सकिएपछि आकस्मिक अवतरण

धनगढी!  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन आइरहेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकप्टर शुक्रबार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।

इन्धन भर्नका लागि प्रधानमन्त्री देउवा सवार हेलिकप्टर भैरहवा विमानस्थलमा अवतरण गरिएको रूपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए। देउवासँगै हेलिकप्टरमा शिक्षामन्त्री देवेन्द्र पौडेल पनि थिए। एयरपोर्टमा रूपन्देही कांग्रेसका जिल्लास्तरीय नेताहरूले भेटघाट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *