डडेल्धुराबाट मतदान गरेपछि मात्रै प्रधानमन्त्री देउवा काठमाडौं फर्किने

डडेलधुरा– प्रधानमन्त्री शेरबहादुर देउवा मतदान गरेपछि मात्रै काठमाडौं फर्किने बताइएको छ। चुनावी सभालाई सम्बोधन गर्न देउवा सोमबार गृहजिल्ला डडेलधुरा पुग्नु भएको थियो।

प्रधानमन्त्री देउवा मतदान हुने दिन (वैशाख ३० गते)सम्म जिल्ला सदरमुकाम अमगरढीको होटलमै बास बस्नु हुनेछ।
देउवा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाका स्थायी बासिन्दा हुनुहुन्छ। उहाँको मतदाता नामावली पनि रुवाखोलाबाटै छ। उहाँले असिग्राम माविको मतदान केन्द्रबाट मतदान गर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *