डडेल्धुरा पुगेर प्रधानमन्त्री देउवाको आक्रोश : कर्ण मल्लले केपी ओलीको चाकडी गरे

धनगढी! प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट निकालिएका नेता कर्णबहादुर मल्लले एमाले अध्यक्ष केपी शर्मा ओलीको चाकडी गरेको आरोप लगाउनु भएको छ । आज सोमबार गृह जिल्लास्थित गन्यापधुरा गाउँपालिकाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो।

‘यहाँ आउलान्, अनेक कुराहरु लगाउँलान्। तर, विश्वास गर्ने कुराहरु छैन,’ प्रधानमन्त्री देउवाले मल्ललाई इंगित गर्दै भन्नुभयो, ‘कताबाट सञ्चालित हुन् थाहा छैन। तर, अहिले केहीले पार्टी छोडेका छन्। यो विषयमा म धेरै भन्न चाहन्नँ। मलाइ यो विषयमा कुरा गर्न पनि लाज लागिसक्यो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *