चुनाव सार्न आग्रहका लागि बालुवाटार पुगेका विप्लपलाई चुनाव सार्न नसकिने प्रधानमन्त्रीको जवाफ

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ३० गतेको चुनाव सार्न नेकपाले गरेको आग्रह अस्वीकार गर्नुभएको छ । वैशाख ३० गतेको चुनावको लागि तयारी धेरै अगाडि बढिसकेको भन्दै देउवाले चुनाव सार्न नसकिने बताउनु भएको स्रोतले जनाएको छ ।

चुनावमा सहभागी हुने वातावरण बनाइदिन भन्दै प्रधानमन्त्री निवास बालुवाटार गएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई आज बुधवार प्रधानमन्त्री देउवाले चुनाव सार्न नसकिने बताउनु भएको जनाइएको छ । प्रधानमन्त्री देउवाले स्वतन्त्र ढंगले चुनावमा सहभागी हुन सुझाव दिनु भएको समेत बालुवाटार स्रोतले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *