प्रधानमन्त्री देउवा बनारस भ्रमणमा

काठमाडौं ! ३ दिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तरप्रदेशस्थित धार्मिक शहर बनारस पुग्नु भएको छ।
आज बिहान प्रधानमन्त्री देउवा नयाँदिल्लीबाट एयर इन्डियाको विशेष विमानबाट बनारस पुग्नुभएको हो। बनारसमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभएको थियो।

बनारसमा प्रधानमन्त्री देउवाले केही मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ। उहाँ बनारसको भ्रमण सकेर आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *