प्रधानमन्त्री देउवा आज बनारस जानूहुँदै : भारतबाट आजै स्वदेश फर्किने

काठमाडौं तीन दिने औपचारिक भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बिहान बनारस जाँदै हुनुहुन्छ । उहाँले त्यहाँका धार्मिकस्थल भ्रमणका साथै काँशी विश्वनाथको दर्शनसमेत गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

बनारस भारतको उत्तर प्रदेशको धार्मिकस्थल धार्मिकस्थल हो । त्यहाँ प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम जानकारी गराइएको छ ।

बनारस जान भारत सरकारले प्रधानमन्त्री देउवाका लागि विशेष विमानको व्यवस्था गरिदिएको हो । प्रधानमन्त्री देउवा आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *