प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ। चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गर्नुभएको हो ।
त्यसअघि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले विदाई गरेको थियो । प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत पनि विमानस्थल पुग्नुभएको थियो ।

भारतमा रहदा प्रधानमन्त्री देउवाले समकक्षी नरेन्द्र मोदि लगायतका विशिष्ट व्यक्तीहरु सँग भेटवार्ता गर्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *