काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अनुमोदनपछि नेपाललाई अझ धेरै आर्थिक सहायता आउने दाबी गर्नुभएको छ ।
वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनपछि थप आर्थिक सहयोग आउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमसीसी पारित भएको छ, अब आर्थिक सहयोग धेरै आउँछ ।’
यस्तै, प्रधानमन्त्री देउवाले व्यापार घाटा आफूले नबढाएको बताउनुभएको छ । यद्यपि बढ्दो व्यापार घाटाको क्षतिपूर्ति अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट लिन सकिने उहाँको तर्क छ ।