देशभर एमालेलाई एक्लै जित्न नसकिने भन्दै देउवाले प्रदेश सभापतिहरुलाई गठबन्धनको विरोध नगर्न चेतावनी

काठमाडौँ ! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र चुनावी गठबन्धनको विरोध गरिरहेका नेताहरुप्रति आक्रोश पोख्दै गठबन्धन बिना जितेर देखाउन चुनौती दिनुभयो ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति देउवाले अहिले जताततै एमाले बलियो छ,एमालेको पक्षमा देशभरी जनलहर चलेको छ।दैनिक रुपमा जनता त्यो पार्टिमा प्रवेश गरेका छन् त्यसैले एमालेलाई एक्लै जित्न नसकिने ठहर गर्दै गठबन्धनको विरोध गर्दा भोलि चुनाव जितेर देखाउन चुनौती रहेको सभापतिले बताउनु भएको काङ्ग्रेस स्रोतले बताउनु भयो ।

बैठकमा अधिकांश सदस्यले गठबन्धनको औचित्य बारे विरोध गर्नुभएको थियो । विरोधमा धारणा राख्ने नेताहरुलाई जवाफ दिनेक्रममा सभापति देउवाले भनेको उदृत गर्दै एक केन्द्रीय सदस्यले सभ्यखबरलाई भन्नुभयो, ‘मलाई देशभरीको सूचना छ । गठबन्धनमा विरोध गर्नुस् तर भोलि जितेर देखाउनु पर्ला । ख्याल गरेर बाेल्नुहोस्,एमालेको शक्ति गएर हेर्नुस भनेर सभापतिले रुलिङ गर्नुभयो ।’

सातमध्ये नेपाली कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिनुभएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्नेक्रममा मधेस प्रदेका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही, सुदूरपश्चिमका वीरबहादुर बलायर गठबन्धनको विपक्षमा देखिनुभएको छ ।

यसमध्ये लुम्बिनी र गण्डकीका प्रदेश सभापति भने झनै गठबन्धन गर्नै नहुने पक्षमा हुनुहुन्छ। सुदुरपश्चिमबाट सभापति बलायरले यस् अघि नै गठबन्धन आवस्यक नरहेको स्पष्ट पारिसक्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *