तनहुँमा पुगेर प्रधानमन्त्रीले भन्नुभयो, स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्छ

तनहुँ ! प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्ने बताउनु भएको छ । तनहुँको ऋषिङ गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनउत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो।

गाउँपालिकाले निर्माण गरेको प्रशासकीय भवनको उहाँले उद्घाटन गर्नुभएको हो । सो अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री डा मिनेन्द्र रिजाललगायतले समेत मन्तव्य राख्नुभएको हो ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जनताको भावनालाई बुझेर गाउँपालिकाले काम गरिरहेको बताउनु भयो । ३ करोड ६१ लाखको लागतमा उक्त भवनको निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *