निर्वाचन तोकोएको समयमै हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहकाे निर्वाचन सार्ने सरकारकाे कुनै मनसाय नभएकाेले समयमा नै हुने प्रतिबद्धता जनाउनु भएको छ । सुन्दरहरैँचा नगरपालिकाकाे प्रशासनिक भवन शिलान्यास कार्यक्रममा आज साेमबार उहाँले निर्वाचन गराउने काम निर्वाचन आयाेगकाे भएकाे र आयाेगले निर्वाचन गराउन लागि परेकाले सरकारले पूरा सहयाेग गर्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवा नगरपालिकाकाे प्रशासनिक भवन शिलान्यास गर्नका लागि आए पनि शिलान्यास नगरी गएकाेप्रति स्थानीयले असन्तुष्टि व्यक्त गरे।

नेपाल सरकारले उपलब्ध गराएकाे ४ विघा ८ कठ्ठा जग्गामा सुन्दरहरैँचा नगरपालिकाले २७ कराेड लागतमा प्रशासनिक भवन निर्माण सुरु गरेकाे छ।

प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा नगरपालिकाकाे गाेठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने आश्वासन दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *