प्रधानमन्त्री देउवाले आज निर्वाचन लक्षित पत्रकार सम्मेलन गर्नुहुँदै

काठमाडौ ! प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लक्षित पार्टी अभियानको घोषणा गर्ने हुनुभएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम घोषणाका लागि पत्रकार सम्मेलन तय गर्नुभएको छ ।

स्थानीय तहको २०७९ वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि पार्टीले चलाउने अभियानको घोषणाका लागि सभापति देउवाले पत्रकार सम्मेलन आयोजना गरेको कांग्रेसका मुख्य सचिव तथा राष्ट्रिय सभा सदस्य कृष्ण पौडेलले जानकारी दिनुभयो ।

‘स्थानीय तहको निर्वाचनका लागि अभियानको घोषणा गर्न पत्रकार सम्मेलन बोलाइएको हो । प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी सभापतिले पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । स्थानीय तहका लागि पार्टीले गर्ने कार्यक्रमको आज घोषणा हुँदैछन्,’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *