बिमस्टेकमा भागलिन प्रधानमन्त्री देउवा श्रीलंका जानूहुँदै

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा श्रीलंका जाने हुनुभएको छ। सम्मेलन कोलम्बोमा चैत १५ मा आयोजना हुँदैछ । प्रधानमन्त्री देउवासहित परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का, परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोली कोलम्बो जानुहुनेछ । कोरोना महामारीका कारण तीन वर्षपछि पाँचौँ सम्मेलन श्रीलंकामा हुन लागेको छ ।

‘बिमस्टेकको पाँचौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीसहित , परराष्ट्रसचिवसमेत श्रीलंका जाँदै छौँ’ परराष्ट्रमन्त्री डाक्टर खड्काले सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार र थाइल्यान्ड र भुटान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *