प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष बीच भेट हुँदै

काठमाडौं । एमसीसी अनुमोदनको विवादले सत्ता गठबन्धनमा खटपट सुरू भएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग आज भेट हुने भएको छ। आजको भेटको लागि प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई टेलिफोन सम्पर्क गर्नुभएको जनाइएको छ।

एमसीसी र स्थानीय तहको चुनावको मिति घोषणा पेचिलो बन्न थालेकाले प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लाग्नुभएको जनाइएको छ । स्रोतकाअनुसार प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डसहित राखेर छलफल गर्ने सम्भावना छ ।
अपरान्ह ४ बजे बालुवाटारमा हुने छलफललाई अर्थपूर्ण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *