भू–माफियामाथि निगरानी बढाउन राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक जमिन अतिक्रमण गर्ने प्रवृत्ति बढेकाले भू–माफियामाथि निगरानी बढाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएका छन् ।

उनले अतिक्रमण भइसकेका क्षेत्रको गहन छानबिनमा सरकारको पूरा सहयोग रहने विश्वास पनि दिलाए ।

मङ्गलबार राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७७\७८ वार्षिक प्रतिवेदन बुझेपछि निर्देशन दिँदै प्रधानमन्त्रीले भने, “बागमती किनार र आसपासका क्षेत्रमा अतिक्रमण धेरै बढ्न थाल्यो, राम्रो अध्ययन गर्नुहोस् ।”

प्रधानमन्त्री देउवा समक्ष केन्द्रका सचिव सुशीलचन्द्र तिवारीले वार्षिक प्रतिवेदन पेस गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *