प्रधानमन्त्रीद्वारा सहिदहरूको विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिनुभएको छ ।

आइतबार सहिद दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताउनुभयो । सहिद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा सहिदसम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै प्रधानमन्त्री देउवाले यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *