यथास्थितिमा नागरिकता विधेयक अघि नबढाउन प्रधानमन्त्रीलाई अध्यक्ष ओलीकाे आग्रह

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।

आज बिहान बालुवाटारमा भएको भेटवार्तामा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक यथास्थितिमा अघि नबढाउन आग्रह गर्नुभयो।स्रोतका अनुसार नागरिकता जस्तो गम्भीर बिसयमा राष्ट्रिय सहमति नगरी एकतर्फी रुपमा अघि नढाउनु उचित नहुने अध्यक्ष ओलीको अडान थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको भए पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट दोस्रोपटक पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पनि पारित गरेर प्रमाणीकरणका लागि पुन: राष्ट्रपतिसमक्ष पेस गर्ने सरकारको तयारी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *